काठमाडौं। मध्यपुर युथ एसोसिएसन बी डिभिजनमा रेलिगेसनबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा खेलमा बाँसबारी क्लबलाई १–० ले पराजित गर्दै मध्यपुरले आफूलाई सुरक्षित गरेको हो।
जितसँगै मध्यपुरले १२ खेलबाट १५ अंक पुर्याएको छ। पराजित बाँसबारीको पनि समान खेलबाट १५ अंक छ।
मध्यपुरको जितमा सुशिल केसीले गरेको गोल नै निर्णायक बन्यो। उनले ६५औं मिनेटमा गोल गरेका हुन्।