• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'पहिलो वन डे सिरिज जित्न आतुर नेपाल'
खेलपाटी संवाददाता
बिहीबार, माघ १०, २०७५ खेलपाटी संवाददाता
'पहिलो वन डे सिरिज जित्न आतुर नेपाल'
सिरिजको ट्रफी सार्वजनीक गर्दै घरेलु टोली युएईका कप्तान मोहमद नाभिद र नेपालका कप्तान पारस खड्का । फोटो : रमन शिवाकोटी ।

काठमाडौं । गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गर्यो ।  जिम्बाबेमा सम्पन्न विश्वकप छनोटमा सातौ स्थानमा रहदै नेपालले चार वर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । 

क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाउनु नेपाली क्रिकेटको सर्वाधिक ठुलो सफलता थियो । जुन सफलता पाउन नेपाली क्रिकेटले लामो यात्रा तय गरेको थियो ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।

नेदरल्याण्डसंगको खेलेको करिब ७ महिनापछि नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुबईमा हुने तीन खेलको सिरिज शुक्रबारबाट सुरु हुँदैछ । एकदिवसीय सिरिज पछि नेपालले घरेलु टोलीसंग तीन खेलको टी-ट्वान्टी सिरिज समेत खेल्नेछ ।

सिरिजका लागि नेपाली टोली युएई पुगिसकेको छ । र, नेपाल युएईमा अर्को सफलता प्राप्त गर्ने लक्ष्यमा हुनेछ । युएईविरुद्धको सिरिज जित्दै नेपाल पहिलो एकदिवसीय सिरिज आफ्नो नाममा लेखाउन चाहन्छ ।

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा शुक्रबार पहिलो खेलका लागि मैदान उत्रदै नेपाल एकदिवसीय सिरिज जित्ने सपना साकार बनाउने लक्ष्यमा हुनेछ ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको स्वाद चाखिसकेको नेपाल सिरिज जित्न नेपाल आतुर समेत छ । युएई प्रस्थान गर्दै गर्दा कप्तान पारस खड्काले नेपाली क्रिकेट नयाँ हैसियतमा पुगेको बताउँदै पहिलो एकदिवसीय जित्ने लक्ष्य रहेको बताएका थिए ।

‘खेलाडीमा जोश र जाँगर देखिएको छ । पहिलो पटक वान डे सिरिज जित्न कोशिश गर्नेछौ ।’ कप्तान पारस भने । तर, कप्तान पारसले एकदिवसीय मान्यता नेपाली क्रिकेटका लागि अवसरसंगै चुनौती समेत रहेको स्वीकार गरे । 

‘हामी अब स्तरको क्रिकेट खेल्दैछौ । सिरिज हाम्रा लागि चुनौती समेत हो । हाम्रा सबै खेल रेकर्ड भएर बस्नेछ । सबै रकर्डको अर्थ हुनेछ,’ कप्तान पारसले थपे ।

तर, घरेलु र बलियो टोली युएईविरुद्ध सिरिज जित्न नेपाललाई निकै चुनौती छ । किनकी पछिल्लो समय नेपाली क्रिकेटको बाधक युएई बन्दै आएको छ ।

पछिल्लो पटक नेपाल एसिया कप छनोटमा युएईसंग पराजित भएको थियो । मलेसियामा सम्पन्न छनोटमा नेपाल ७८ रनले पराजित भएको थियो । यस्तै नेपाल विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा युएईसंग ७ रनले पराजित भएको थियो । त्यसअघि समूह चरणकै खेलमा भने नेपालले युएईलाई ४ विकेटले हराएको थियो । 

नेपाली क्रिकेटका लागि यस सिरिज निकै महत्वपूर्ण रहेको छ । र, नेपाली टोलीले त्यस महत्वलाई बुझेको छ । युएईसंगको सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तराष्ट्रिय खेल खेल्नुपर्ने हुन्छ । नेपालले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ ।

यस्तै युएईसंगको सिरिज युवा खेलाडीको लागि महत्वपूर्ण खुड्किलो हुनेछ । सिरिजका लागि नेपाली टोलीमा अहिले चार युवा खेलाडीले स्थान बनाएका छन् ।

यू-१९ टोली र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका पवन सर्राफ, अविनाश बोहरा, भीम सार्की र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका छन् ।

नेपालले युवा खेलाडीबाट पनि निकै आशा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेटलाई अगाडी लैजान युवा खेलाडी सक्षम रहेको बताउछन् ।

‘जुन विश्वासले हामीले नयाँ अनुहार ल्याएका छौ । नेपाली क्रिकेटलाई अगाडी लैजान्छन् भन्ने लागेको छ ।’ प्रशिक्षक टमाटाले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP