• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लयमा फर्किने प्रयासमा ताजिकिस्तान, रोक्ने दाउमा नेपाल
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २८, २०८१ खेलपाटी संवाददाता
लयमा फर्किने प्रयासमा ताजिकिस्तान, रोक्ने दाउमा नेपाल

काठमाडौं। एएफसी कन्फेडेरेसनमा पछिल्ला केही वर्षहरूमा सबैभन्दा सुधारिएको प्रदर्शन ताजिकिस्तानले नै गर्दै आएको थियो। तर, विश्वकप छनोटको तेस्रो चरणमा भने यो राष्ट्र पुग्न असफल भयो। 

सन् २०२३ को सुरुमा एसियन कपमा डेब्यु गरेको ताजिकिस्तानले सनसनीपूर्ण प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। उक्त यात्रामा ताजिकिस्तानले समूहचरणमा चीन र लेबनानलाई समेत पछि पार्‍यो। त्यतिमात्रै होइन, यो टोलीले अन्तिम १६ मा युएईलाई हराउँदै जोर्डनसँगको भेट पक्का गर्‍यो।

तर, उक्त भेटमा जोर्डनलाई १–० को नतिजा सुम्पियो। लगत्तै यही उच्च लयलाई कायम राख्दै ताजिकिस्तानले फिफाको नयाँ विस्तारित ढाँचाको विश्वकपमा पुग्ने महत्वाकांक्षाका राखेको थियो। तर, प्रदर्शन उस्तै बलियो भएन। जोर्डनसँग ३–० र साउदी अरेबियासँग १–० ले पराजित भएपछि गेला सेकिलाको टोली तेस्रो चरणमा पुग्न असफल भयो।

गत सेप्टेम्बरमा मलेसियामा भएको मर्डेका कप र गत महिना थाइल्यान्डमा भएको किङ्स कप ताजिकिस्तानले खेलेको थियो। मर्डेका कपको सेमिफाइनलमा लेबनानसँग ताजिकिस्तान १–० ले पराजित भयो। तर, फिलिपिन्सलाई हराउँदै ताजिकिस्तानले तेस्रो स्थान हात पार्‍यो।

गत महिना किङ्स कपमा फेरि भेट हुँदा उही प्रतिद्वन्द्वी फिलिपिन्ससँग ताजिकिस्तान ३–० ले पराजित हुन पुग्यो। त्यसैले बुधबार दुसान्बेमा नेपालविरुद्ध उत्रिँदा ताजिक टोली लयमा फर्किने प्रयासमा हुनेछ। नेपाल र ताजकिस्तानबीच यसअघि सन् २०१७ को एसियन कप छनोट र त्यसको एक वर्षपछि भएको मैत्रीपूर्ण खेलमा तीन भेट भएको थियो। तर, ती तीनवटै खेलमा ताजिकिस्तान विजयी भयो। त्यसैले नेपालविरुद्ध उत्रिँदा ताजिक टोलीको आत्मविश्वास उच्च हुनेछ।

मुख्य प्रशिक्षक सेकिलाजे भन्छन्, ‘हामीलाई थाह छ कि हाम्रो पछिल्लो खेल राम्रो भएको थिएन। हामी राम्रो खेल प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछौं।’ ताजिकिस्तानले गत महिना किङ्स कपमा भाग लिएको टोलीबाट ११ खेलाडीलाई बाहिर राखेको छ। तर, टोलीमा अनुभवी खेलाडीको बाहुल्यता छ।

सर्वकालिक सर्वाधिक गोलकर्ता मानुचेखर झालिलोभले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या २० मा पुर्‍याउन चाहेका छन्। कप्तान तथा सीएसकेए सोफियाका मिडफिल्डर परभिज्डजोन उमरबायेभ ६०औं क्याप जित्ने लक्ष्यमा छन्।

यता, नेपाल भने चौथो भेटमा जसरी पनि १०५औं स्थानमा रहेको ताजिक टोलीलाई रोक्ने रणनीतिमा छ। ताजिकिस्तानसँग समान गर्नुअघि नेपालको लय उच्च छैन। विश्वकप छनोटयता मैदान नउत्रिएको नेपालले निकै कम प्रतिस्पर्धात्मक खेल खेलेको छ। पछिल्ला पाँच खेलमा गोलरहित बराबरी खेलेको नेपालले अन्तिम खेलमा यमनलाई २–२ गोलको बराबरीमा रोकेको थियो। त्यो बराबरीपछि नेपाल पहिलोपल्ट मैदान उत्रिन लागेको हो। 

विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई पराजित गर्दै  दोस्रो चरणमा पुगेको नेपाली टोलीको यो वर्ष तेस्रो मैत्रीपूर्ण खेल हो। यसअघिका दुई मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग ५–१ र इङ्ल्यान्ड ‘सी’ टोलीसँग २–० ले पराजित भएको थियो। ताजिक टोलीमा युरोपतिर व्यवसायिक लिग खेलिरहेका खेलाडी छन्। तर, नेपाली टोलीमा भने राष्ट्रिय लिग खेलिरहेका खेलाडीमात्र छन्। त्यसैले घरेलु टोलीलाई चुनौती दिन कठिन हुने देखिन्छ।

नेपाली टोलीमा पनि धेरै परिवर्तन भएका छन्। विश्वकप छनोट अभियान सुरु गरेको टोलीबाट १० खेलाडी बाहिर छन्। त्यसैले मुख्य प्रशिक्षक नवीन न्यौपानेले टोलीमा ६ जना ‘अनक्याप्ड’ खेलाडी समावेश गरेका छन् ।

‘बलियो टोली भएको कारण डिफेन्स अर्गनाइज भएर काउन्टर अट्याक खेल्ने छौं। छोटो तयारी भए पनि टिम एक ढिक्का भएर खेल्यौं भने ताजिक टोलीलाई रोक्न सक्छौं,’ न्यौपानेले भने।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP