बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाको उपाधि उत्सव खल्लो

सोमबार, ०५ जेठ २०८२खेलपाटी संवाददाता
बार्सिलोनाको उपाधि उत्सव खल्लो
Loading ad...
mustang rice ad

काठमाडौं। भिल्लारियालले आइतबार स्पेनिस ला लिगामा ३–२ ले पराजित गर्दै बार्सिलोनाको अपराजित यात्रामा ‘ब्रेक’ लगाएको छ। योसँगै बार्सिलोनाको उपाधि उत्सव केही हदसम्म खल्लो भएको छ।

बार्सिलोनाले यसै आफ्नो २८औं ला लिगा उपाधि जितिसकेको थियो। आइतबारको मोन्तजुइक स्टेडियममा सिजनको अन्तिम घरेलु खेलपछि टिमले ट्रफी समर्थकमाझ उचालेको थियो। खेलपछि खेलाडीहरूलाई एकएक गरी प्रस्तुत गरियो र त्यसपछि ट्रफी उठाइएको थियो।

मोन्तजुइकमै स्पेनिस सुपर कप र कोपा डेल रे ट्रफी पनि प्रदर्शनीमा राखिएका थिए। ती ट्रफीलाई वरिपरि घेराबन्दी गर्दै खेलाडीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए।

बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले भने, ‘हामीले हासिल गरेका उपाधिमाथि गर्व गर्न सक्छौं। यो सिजन सबै हिसाबले उत्कृष्ट रह्यो।’ खेलअघि भिल्लारियालले नयाँ च्याम्पियनको सम्मानमा ‘गार्ड अफ अनर’ पनि दिएको थियो।

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ। अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओसँगै पाँचौं स्पेनिस टोलीको रूपमा भिल्लारियालले अर्को सिजन युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता खेल्नेछ।

बार्सिलोना, रियल, एट्लेटिको र एथ्लेटिक बिल्बाओ साउदी अरेबियामा हुने अर्को वर्षको स्पेनिस सुपर कप पनि खेल्नेछन्। भिल्लारियालले चौथो मिनेटमै आयोजे पेरेजको गोलबाट अग्रता लिएको थियो। त्यसपछि बार्सिलोनाका किशोर स्टार लामिन यमलले उत्कृष्ट कर्लिङ लेफ्ट फुटेड गोल गरेर बराबरी गरे। पहिलो हाफको इन्जुरी समयमा फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाए।

तर, दोस्रो हाफमा सान्टियागो कोमेसान्याले बराबरी गोल गरे र ८०औं मिनेटमा ताजोन बुकाननले निर्णायक गोल गर्दै भिल्लारियाललाई जिताए। यो सायद बार्सिलोनाको लागि मोन्तजुइक स्टेडियममा अन्तिम खेल हो। 

बार्सिलोना अब अर्को सिजन निर्माणाधीन अवस्थामा नै भए पनि क्याम्प नोउ फर्कने तयारीमा छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य