• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
नारायण क्षेत्री
मंगलबार, माघ ८, २०७५ नारायण क्षेत्री
संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

सिमरा ।  रुस्लान थ्रीस्टार क्लब सिमरामा जारी दशौं संस्करणको रुस्लान सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सिमरा रङ्गशालामा सिएमजी संकटा क्लबलाई २–० को गोल अन्तरले  हराउँदै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । 

थ्री स्टार सेमीफाइनलमा प्रवेश गरेसगै प्रतियोगिताको सेमीफाइनल समिकरण पनि पुरा भएको छ । थ्री स्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पाको सामना गर्नेछ । बुधबार पहिलो सेमीफाइनलमा आयोजक नवजनजागृति सिमराले त्रिभूवन आर्मीसंग प्रतिष्पर्धा गर्नेछ ।

थ्री स्टारलाई अन्तिम चारमा सुरक्षित गर्ने क्रममा अफ्रिकी स्ट्राइकर फोफाना फोडे र सुसान श्रेष्ठले समान एक–एक गोल गरे । खेलको १३ औं मिनटमा फोडेले थ्री स्टारका लागि खाता खोलेका थिए । रञ्जन विष्टले डिबक्स भित्र निकालेको सुन्दर पासलाई फोडेले गोलमा परिणत गरेका थिए ।

प्रशिक्षक मेघराज केसीको पहिलो रोजाइमा नपरेका सुसान श्रेष्ठले थ्रीस्टारका लागि खेलको अन्तिम समयमा गोल गर्दै २–० को जित सुनिश्चित गरे । खेलको ७८ औं मिनटमा फोफाना फोडेको स्थानमा मैदान छिरेका सुसानले ८५ औं मिनटमा गरेको गोल थ्री स्टारको जीतमा पर्याप्त बन्यो । थ्री स्टारका रुपेश केसीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संकटाका डिफेण्डरले डिबक्सबाट क्लिएर गर्न नसक्दा सुसानले त्यसको फाइदा लिंदै जाली चुमाएका थिए ।

थ्री स्टारविरुद्धको खेलमा पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा आठौं संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा इन्जुरी समयको अन्तिम मिनेटमा सरोज दाहालको प्रहार थ्री स्टारका गोल रक्षक एलन न्यौपानेले विफल पारे । सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका दाहालले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार विफल हुँदा पहिलो हाफमा बराबरी खेल्ने अवसर गुमेको थियो ।

संकटाका अफ्रिकी खेलाडी क्रेडिक अब्बाले अर्को अवसर गुमाए । सेन्टर लाइनबाट अब्बाले अघि बढाएको बल डिएरियाबाट थ्रीस्टारका डिफेण्डर डाम्बियाले क्लिएर गरे ।

सिमरा रङ्गशालामा संकटा विरुद्ध हावी भएको थ्री स्टारले पनि केहि सुन्दर अवसर सदुपयोग गर्न सकेन । खेलको ५३ औं मिनटमा सुनिल वलको क्रस बल फोफाना फोडेले खेर फाले । पेनाल्टी एरियामा पाएको अवसरलाई फोडेले फितलो प्रहार गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाले बचाउ गरे ।

५६ औं मिनटमा रञ्जन विष्टको सुन्दर पास फोडेले खेर फाले । डिबक्स भित्र रञ्जनले निकालेको बललाई फोडेले सम्हाल्न नसक्दा बाहिरियो । यस्तै खेलको ७० औं मिनटमा रञ्जन विष्टको हेडीङ बल संकटाका सरोज दाहालले गोललाईनबाट क्लिएर गरे । बल पञ्च गर्न अघि बढेका संकटाका गोलरक्षकलाई विट गर्दै रञ्जनले उत्कृष्ट हेडीङ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका डिफेन्डर अडामा डाम्बिया घोषित भए । उनले नगद दशहजार सहित ट्रफि हात पारे ।

हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले शुरुवातमा एक गोलले पछि परेपछि खेलमा फर्कन नसक्दा पराजय व्यहोरेको बताए । आफ्ना खेलाडीले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै प्रशिक्षक खड्गीले थ्रीस्टारका खेलाडीले संकटाविरुद्ध सुन्दर प्रदर्शन गरेको बताए । 'ए'डिभिजन लिगपछि थ्री स्टारबाट बाहिरिएका खेलाडी निराजन खड्कालाई समेत थ्री स्टारविरुद्धको खेलमा मैदान उतारेको संकटाका प्रशिक्षक खड्गीले खड्का संकटासंग अनुबन्धनको प्रकृयामा रहेको बताए ।

जीतपछि खुशी देखिएका थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । जीतपछि खुशी भएपनि थ्री स्टारका खेलाडीले स्तर अनुसारको प्रदर्शन भने गर्न नसकेकोको बताए । लिगपछि टिममा केहि नयाँ खेलाडी आएको बताउँदै उनिहरु टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको उनको भनाई थियो ।

खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित रहेको बताउँदै केसीले सेमीफाइनलमा थ्री स्टारले सुधारिएको खेल प्रदर्शन गर्ने बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP