काठमाडौं। जावलाखेल युवा क्लबले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि पुनरागमन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा जावलाखेल २–१ ले विजयी भएको हो। जारी लिगमा जावलाखेलको दोस्रो जित हो। ४ खेलबाट ६ अंक पुर्याएको जावलाखेल सातौं स्थानमा उक्लिएको छ। तेस्रो हार बेहोरेको श्री भगवती आठौं स्थानमा झरेको छ। श्री भगवतीले ४ मध्ये १ खेल मात्र जितेको छ।
जावलाखेलको जितमा विशाल शाही र समीर लोप्चनले गोल गरे। श्री भगवतीले सुयोग श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको थियो।