काठमाडौं। नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत सिंह नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
साफ यु–१७ च्याम्पियनसिप श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छैन ।