काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी-२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि अलराउन्डर मोहमद आदिल अन्सारीसहित ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङ गरेको आरोपमा आदिललाई २८ महिना प्रतिबन्ध लगाइएको थियो। तर, २२ बैशाखमा उनीमाथि लागेको प्रतिबन्ध फुकुपवा गरिउको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अनुसार नेपालले छनोट प्रतियोगिताअन्तर्गत पहिलो चरणको प्रतिस्पर्धामा कुवेत र जापानको सामना गर्नेछ।
नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान छन्।
बन्द प्रशिक्षणमा परेका खेलाडी
रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिलकुमार शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुल्सनकुमार झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीश जिसी, ललितनारायण राजवंशी, कमलसिंह ऐरी, साहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन सराफ, शेर मल्ल, शुभ कंसाकर