सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

ओलम्पिकको विधान संशोधनविरुद्ध 'नोट अफ डिसेन्ट'

सोमबार, २६ कार्तिक २०८१खेलपाटी संवाददाता
ओलम्पिकको विधान संशोधनविरुद्ध 'नोट अफ डिसेन्ट'
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको विधान संशोधन गर्ने निर्णयविरुद्ध दुई कार्यसमिति सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । एनओसीको निर्वाचनको मुखमा विधान संशोधन गर्ने वर्तमान नेतृत्वको कार्यप्रति दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका हुन् । 

विधान संशोधनको मुख्य एजेण्डा सहित एनओसीको कार्यसमिति बैठक सोमबार केन्द्रिय कार्यालय सातदोबाटोमा बसेको थियो । विधानमा उल्लेखित अध्यक्ष र महासचिवको दुई कार्यकाल व्यवस्थालाई हटाउन विधान संशोधनको एजेण्डा प्रस्तुत भएको थियो । एजेण्डामा उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र सदस्य दिर्घबहादुर केसी कुमारले नोट अफ डिसेन्ट लेखेको बैठकमा सहभागी एक सदस्यले खेलपाटीलाई बताए । 
व्यक्तिगत स्वार्थका लागि निर्वाचनको विधान संशोधन गर्दा संस्थागत गरिमा र विश्वसनीयतामा असर गर्ने भन्दै दुई जनाले फरक मत प्रस्तुत गरेका छन् । अध्यक्षको कार्यकाल थप्ने र उपाध्यक्ष ५ जनाबाट ७ जना बनाउने विधान संशोधनको प्रस्तावमा दुई सदस्यले फरक मत औपचारिक रुपमा दर्ता गराएका हुन् । 

वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले दुई कार्यकालको व्यवस्थालाई हटाएर तेस्रो पटक अध्यक्ष बन्न लागेपछि नेपाल ओलम्पिक कमिटिमा नयाँ विवाद सुरु भएको छ । दुई सदस्यको फरक मतका बाबजुत विधान संशोधन बहुमतले पारित गर्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटिमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ । कार्यसमितिको बैठकले नेपाल खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्बाट विधान स्वीकृति हुने व्यवस्थालाई समेत हटाएको छ । 

निर्वाचनको मुखमा विधान संशोधन गरेर वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वमा तेस्रो पटक निर्वाचित हुने दाउमा छन् । विधान संशोधनको विषय राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको चार्टर अनुसार नमिल्ने भन्दै एनओसीभित्र असन्तुष्टि छ । 

कार्यसमितिको बैठकमा १९ जना पदाधिकारीको उपस्थित रहेको थियो । कार्यसमितिका अधिकांश सदस्य र पदाधिकारी सोही पदमा पुन निर्वाचित भएर आउने आश्वास सहित अध्यक्ष श्रेष्ठले सर्वसम्मत विधान संशोधनको तयारी गरेका थिए । तर उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र सदस्य कुमार केसीले व्यक्तिगत स्वार्थका लागि खेलकुदलाई बदनाम गराउन नहुने भन्दै जीवनराम नेतृत्वको निर्णयविरुद्ध फरक मत दर्ता गराएका छन् । 

एनओसीको कार्यसमिति बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरित अन्य धेरै विषय विधान संशोधन गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीमा पठाउने तयारी गरेको छ । संशोधित विधान आईओसीबाट पारित भएपछि विशेष साधारण सभा गरेर पारित गर्ने र नयाँ निर्वाचनबाट नेतृत्वमा चुनिने जीवनराम श्रेष्ठको दाउ छ । श्रेष्ठ आफै संलग्न रहेर बनाएको खेलकुद ऐन विपरित गएर एनओसीको विधान संशोधन गर्न खोजेपछि यस विषयको चौतर्फी रुपमा आलोचना भैरहेको छ ।  

नेपालको खेलकुद ऐनले कुनैपनि खेलकुद संस्था तथा संघमा अध्यक्ष, महासचिव सहितका जिम्मेवार पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । ऐन बन्नु अघिनै ओलम्पिकमा अध्यक्ष र महासचिव पदमा दुई कार्यकाल मात्र बस्न पाउने व्यवस्था गर्दै विधानलाई संशोधन गरिएको थियो । सोही अनुसार तत्कालिन अध्यक्ष ध्रुवबहादुर प्रधान नेतृत्वबाट बाहिरिएर जीनवराम अध्यक्षमा चुनिएका थिए । खेलकुद ऐन विपरित एनओसीको पछिल्लो निर्णयबारे सरकारको खेलकुदको जिम्मेवार निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को मौनता देखिन्छ । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज