नेपाल एक खेलअगावै हङकङ सिक्सको क्वार्टरफाइनलमा
शुक्रबार, कार्तिक १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एक खेलअगावै हङकङ इन्टरनेस्नल सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपालसँगै पोल ‘बी’ मा रहेको इङ्ल्यान्ड अन्तिम खेलमा अस्ट्रेलियासँग ३४ रनले पराजित भएसँगै नेपालले अघिल्लो चरणको यात्रा तय गरेको हो। नेपालले पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले आफ्नो पोलको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान ६:१५ बजे खेल्नेछ। अस्ट्रेलियाले पनि अन्तिम खेलअगाबै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
नेपालले क्वार्टरफाइनलमा श्रीलंकालाई चुनौती पेस गर्नेछ। पोल ‘डी’ मा रहेको श्रीलंकाले ओमानलाई चार विकेट र बंगलादेशलाई १८ रनले पराजित गरेको थियो।
नेपाल र श्रीलंकाबीचको खेल शनिबार दिउँसो १:३५ बजे हुनेछ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

