• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ग्रेट प्लेयर मेस्सी ! ह्याप्पी वर्थ डे मेस्सी !!
खेलपाटी संवाददाता
आइतबार, असार १०, २०७५ खेलपाटी संवाददाता
ग्रेट प्लेयर मेस्सी ! ह्याप्पी वर्थ डे मेस्सी !!

एजेन्सी । जुन -१४, आजको दिन ! यो मिति सायद कमैलाई याद नहोला । तर, विश्व फुटबल जसले पछ्याउने गर्छन् - १४ जुन,  कण्ठ हुन्छ । किन त् ?

धेरैलाई लाग्न सक्छ, अग्रेजी मिति जुन १४ आउछ जान्छ । तर, फुटबल प्रेमीहरुको लागि बिशेष दिन नै रहन्छ । कारण एउटा छ, लियोनल मेस्सी ।  अर्थात् यो पुस्ताकै महान खेलाडी लियोनल मेस्सीको जन्म दिन ।

अर्जेन्टिना कप्तान मेस्सी आजकै दिन जन्मिए । विश्व फुटबलमा तहल्का मच्चाए । आजकै दिनबाट मेस्सी ३१ बर्ष पुगे । रुसमा जारी २१ औं संस्करणको विश्वकप खेल्न रुस पुगेमा मेस्सीले आज जन्मदिन मनाउने छन् । भलै, आज उनको खेल छैन । नत्र, वर्थ डे गोल गर्थे कि ?

तर, रुसमा मेस्सीको जन्म दिनलाई मौका पारेर एक बेकरीले ६० केजीको चकलेटको प्रतिमूर्ति बनाएको छ । पाँच जनाले बनाएको उक्त चकलेट मेस्सीकै साइजको बनाइएको थियो । यो चकलेट आजकै दिन मेस्सीलाई देखाउने बताइएको छ ।

विश्व फुटबलले पाएको महान खेलाडी मध्ये एक हुन् मेस्सी । उनको मैदानमा मात्र हैन मैदान बाहिर उत्तिकै चर्चा हुने गर्छ । 'मेरो लागि मेस्सी महान खेलाडी हुन्,'  फुटबलका पिता मानिने ब्राजिलियन लिजेण्ड पेलेले भनेका छन् ।

मेस्सी मैदानमा जति भलाद्मी भएर खेल्छन्, बाहिर त्यो भन्दा बढी छन् । लजालु छन् मेस्सी । जसकै कारण फुटबल प्रेमीहरुको प्रिय छन् ।  प्राय, खेलाडीहरु मैदानमा आक्रामक हुने गर्छन् । तर, मेस्सी ठिक उल्टो ।

खेलमा मेस्सीलाई आक्रामक हुनै पर्दैन गोल गर्न । उनको खुट्टामा जादु छ । भनिन्छ, मेस्सीको खुट्टामा पर्न साथ बल आफै नाच्ने गर्छ । साच्चै मेस्सीको खुट्टामा जादु र त्यसैले त् उनले फुटबलमा नपाएको केहि छैन ।

मेस्सीले आफुलाई प्रमाणित गर्न नसकेको भनेको राष्ट्रिय टोलीबाट मात्र हो । क्लब फुटबलमा उनको किर्तिमान अगन्य छ । बार्सिलोनाबाट खेल्ने मेस्सीले धेरै किर्तिमान भङ्ग गरेका छन् । कति नयाँ बनाएका छन् ।

मेस्सीले राष्ट्रिय टोलीबाट मात्र ठुला उपाधि जित्न सकेका छैनन् । उनलाई आलोचना गर्नु परे आलोचकका मुख्य बिषयबस्तु त्यहिँ हो । अन्य ठाउमा उनको आलोचना गर्ने ठाउँ नै छैन । हुन् पनि मेस्सीले तीन पटक विश्वकप खेलिसकेका छन् । मेस्सी र अर्जेन्टिनाको अहिलेको पुस्ता फाइनल यात्रा गराउनु बाहेक अन्य ठुलो उपलब्धि उनले पाएका छैनन् । कोप्पा अमेरिकामा पनि उनले फाइनल खेलेका छन् । मेस्सीले बेईजिङ ओलम्पिकमा पाएको स्वर्ण नै ठुलो उपाधि हो ।

रुस विश्वकप उनको अन्तिम विश्वकप हुनेछ ।  चारबर्षपछि कतारमा हुने विश्वकपमा उनलाई उमेरले साथ दिने छैन । यो उमेर उनको लागि परिपक्क  उमेर हो । यो पटक मेस्सीबाट समर्थक र राष्ट्रले आशा गरेको छ । तर, रुसमा अर्जेन्टिना र मेस्सीको प्रदर्शन उच्च हुन् सकेको छैन । मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् भने अर्जेन्टिनालाई दोस्रो चरण पुग्न अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।

नाइजेरियाविरुद्ध हुने खेलमा मेस्सीले जादु देखाउनेमा आम समर्थकको आशा छ । अन्तिम खेलमा मेस्सीको जादुमय प्रदर्शन भएमा अर्जेन्टिनाले विश्वकपमा राम्रो गर्ने अड्कल काटिएको छ । विश्वकप छनोटमा समेत मेस्सीकै जादुमय प्रदर्शनले अर्जेन्टिनाले रुसको टिकट काटेको थियो । छनोटको अन्तिम खेलमा उनको ह्याट्रिक निकै प्रसंसनिय थियो ।

मेस्सीले अर्जेन्टिनाको लागि १२६ खेल खेलिसकेका छन् । जसमा ७६ जित,२८ बराबरी र २२ खेलमा पराजय बेहोरेको छ । मेस्सीले अर्जेन्टिनाको लागि ६४ गोल गरेका छन् । गोलको लागि ३८ पास उपलब्ध गराउन सफल मेस्सी ५९ गोल देब्रे खुट्टाले गरेका छन् । दाहिने खुट्टाले ३ गोल गरेका मेस्सीले १३ पेनाल्टी गोल गरेका छन् ।

कलिलै उमेरमा बार्सिलोना पुगेका मेस्सीले क्लब फुटबलमा भने तहल्कै पिटेका छन् । मेस्सी बार्सिलोना पुग्नुको कहानी छुट्टै छ । अर्जेन्टिनाको रोसारियोको न्यु वेल्स ओल्ड ब्वाइजको युवा टोलीमा खेल्दै गर्दा मेस्सीमा उचाई बढ्ने हर्मोनको कमि थियो । जसको उपचार अर्जेन्टिना हुन् गार्हो थियो ।

मेस्सीले त्यतिबेलै आफ्नो फुटबलको जादु देखाउन सुरु गरेका थिए । स्पेनिस क्लब बार्सिलोनाका नजरमा परे मेस्सी । सबै उपचार खर्च क्लबले बेहोर्ने शर्तमा मेस्सी सन् २००२ मा बार्सिलोनाको  एकेडमीमा भर्ना भए । मेस्सीको जादुपन त्यहिबाट सुरु भयो ।

सन् २००४ /५ को सिजन आइपुग्दा मेस्सी सिनियर टोलीमा खेल्न सक्ने भईसकेका थिए । त्यो सिजन ला लिगामा मैदान उत्रदै मेस्सी सबैभन्दा कम उमेरमा लिग खेल्ने खेलाडी बने । मेस्सी त्यतिमा मात्र सिमित भएका छैनन् निरन्तर, बार्सिलोनामा किर्तिमान बनाईरहेका छन् ।

मेस्सीले क्लब र राष्ट्रको लागि समेत गरि ६ सय गोलको आँकडा पार गरिसकेका छन् । पाँच पटकको बालोन डी' ओर बिजेता मेस्सीले बार्सिलोनाका लागि ६३७ खेल खेलिसकेका छन् । जसमा  ४५१ जित,११५ बराबरी र मात्र ७१ हार बेहोरेका छन् ।

बार्सिलोनाबाट मेस्सीले ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, क्लब विश्वकप गरि ३२ उपाधि जितेका छन् । उक्त उपलब्धिमा मुख्य नायक उनै मेस्सी थिए । मेस्सीले सिनियर टोलीमा १५ बर्ष बिताईसकेका छन् । सायद, मेस्सी अझै बार्सिलोनामै रहनेछन् । मेस्सीले यो उपलब्धि पाउन बार्सिलोनाका लागि ५५२ गोल गरेका छन् । गोलको लागि २१२ पास उपलब्ध गराउन सफल मेस्सीले ६५ गोल पेनाल्टीमा ४५० गोल देब्रे खुट्टा र ७७ दाहिने खुट्टाले गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट खेल्दा ८ पटक ला लिगाको उपाधि जितेका छन् । कोपा डेल रे ५ पटक, ४ पटक च्याम्पियन्स लिग, सुपर कोपा ७ पटक, यूएफा सुपर कप ३ र फिफा क्लब विश्वकप ३ पटक जितिसकेका छन् ।

मेस्सीले सन् २०१५ मा ला लिगाकै सर्वाधिक सर्वकालीन गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए  । त्यसै ४ पटक फिफा बालोन डी'ओर र एक पटक बालोन डी' ओर पाएका छन् ।  मेस्सी सन् २००९ मा फिफा प्लेयर अफ दि बनेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP