काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेको सानदार बलिङसँगै घरेलु टोली स्कटल्यान्डले टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो। स्कटल्यान्डका माइकल लीस्कले सर्वाधिक ४६ रन बनाए। ४६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए। अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन्। नेपालका सन्दीपले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए।
दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट थपे। एक विकेट ललितनारायण राजवंशीको नाममा रह्यो।