बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना

सोमबार, ०२ असार २०८२खेलपाटी संवाददाता
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
Loading ad...
mustang rice ad

काठमाडौं। युद्धको पीडाभित्र रहेर १६ खेल लामो विश्वकप छनोट यात्रा तय गर्दै आएको प्यालेस्टाइन राष्ट्रिय फुटबल टोलीको सपना अन्तिम मिनेटमा एक विवादास्पद पेनाल्टीका कारण चकनाचुर भएको छ।

गत बिहीबार अम्मानको किंग अब्दुल्ला रंगशालामा भएको खेलमा ओमानविरुद्ध प्यालेस्टाइनले ९७औं मिनेटसम्म १–० को अग्रता लिएको थियो। तर, पेनाल्टीमार्फत गोल खाँदै खेल १–१ को बराबरीमा सकियो। सो बराबरीसँगै प्यालेस्टाइनको विश्वकप छनोट यात्रा समाप्त भयो।

टोलीका स्टार स्ट्राइकर ओदाय दब्बाघले भने, ‘यो हाम्रो लागि धेरै ठूलो अवसर थियो। हामीले राम्रो तयारी गरेका थियौं, सकारात्मक माहोल थियो र समर्थकको साथ थियो। हामीले सबै दिन्छौं भनेर खेलेका थियौं, तर एक क्षणमै सबै सकियो।’

विश्व वरीयता १०१औं स्थानमा रहेको प्यालेस्टाइनले समूह ‘बी’का अन्तिम तीन खेल जित्नुपर्ने अवस्थामा इराक (बसरामा) र कुवेत (कुवेत सिटी)लाई पराजित गरेको थियो। तर, ओमानविरुद्ध अन्तिम खेल बराबरीमा सकिएपछि प्यालेस्टाइन एक अंकको अन्तरले पाँचौं स्थानमा रहेर छनोटबाट बाहिरियो।

प्यालेस्टाइन फुटबल संघले खेलपछि सो पेनाल्टी निर्णयविरुद्ध फिफामा उजुरी पनि दिएको थियो, तर नतिजा परिवर्तन भएन।

इजरायल–हामास युद्धका कारण प्यालेस्टाइनले घरेलु खेल गाजामा वा वेस्ट बैंकमा गर्न पाएन। तसर्थ प्यालेस्टाइनले जोर्डनको अम्मानलाई वैकल्पिक घरेलु मैदान बनाएको थियो। ‘आफ्नै घरेलु मैदानमा खेल्दा सजिलो हुन्छ, तर परिस्थितिले हामीलाई अरुको मैदानमा खेल्न बाध्य बनायो,’ दब्बाघले बताए।

२०२३ मा युद्ध सुरु भए यता प्यालेस्टाइनमा कुनै घरेलु फुटबल लिग सञ्चालन भएको छैन। खेल संरचनाहरू ध्वस्त छन् र सयौं खेलाडीले ज्यान गुमाइसकेका छन्।

हाल राष्ट्रिय टोलीका २७ मध्ये २५ खेलाडी विदेशी क्लबमा अनुबन्धित छन्। सुरुमा वेस्ट बैंक वा गाजाबाट बाहिर जान नसकेका खेलाडी अहिले विदेशी क्लबमार्फत मैदानमा छन्। टोलीले अल्जेरिया, कतार र साउदी अरेबियामा प्रशिक्षण लिएको थियो।

प्यालेस्टाइनले २०२७ मा साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान सुरक्षित गरिसकेको छ। स्टार स्ट्राइकर दब्बाघ भन्छन्, ‘हामी फुटबललाई सन्देश बनाइराख्नेछौं, प्यालेस्टाइनमा आशा र प्रतिभा छन्। सपना समाप्त भएको छैन।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने