सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि भुवनको टिमलाई

शनिबार, ०८ असार २०८१खेलपाटी संवाददाता
सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि भुवनको टिमलाई
mustang rice ad

काठमाडौं। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ। गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोरमा उपाधि जितेको हो। 

१ सय ५१ अंक सहित प्रो जयराम श्रेष्ठको टिम दोस्रो भयो। जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्र कुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे। प्रो सञ्जय लामाको टिमले १ सय ४२ अंक सहित तेस्रो स्थान प्राप्त गर्‍यो। सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रवीन्द्र तिवारीले ३६ र लीलाजंग कार्कीले ३५ अंक जोडे।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन। उनले ३८ अंक बनाएकी थिइन्। प्रतियोगितामा सद्भाव आचार्यले लङगेस्ट ड्राइभ र निशल्य जङ्ग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते। 

प्रतियोगितामा २५ प्रो सहित कुल १४०  खेलाडीको सहभागिता रहेको थियो। विजयी खेलाडीहरूलाई  सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि रायवरम, मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे। टंकबहादुर कार्कीले होल नम्बर ८ मा होल इन वन गरे।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा  सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए। सुवास प्रो टर्न भएपछि जितेको यो पहिलो उपाधि हो। उनले टुरमा कुल ६ प्रतियोगिता जितिसकेका छन्। भुवन नगरकोटी र नीरज तामाङ १४ अन्डर २७४ मा संयुक्त रूपमा दोस्रो, तथा दिनेश प्रजापति र तोरणविक्रम शाही क्रमशः चौथो र पाँचौं भए।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनकै सर्वाधिक ठुलो प्रतियोगिताको पुरस्कार राशि १५ लाख ५० हजार रहेको थियो। प्रतियोगितामा कूल ३७ प्रो तथा ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा