आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन भुवन र दिनेश शीर्षस्थानमा

बुधबार, ०५ असार २०८१खेलपाटी संवाददाता
सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन भुवन र दिनेश शीर्षस्थानमा
Classic Tech Internet Ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १०–अन्डर १ सय ३४ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।

उनीहरूले निरज तामाङ, सुबाश तामाङ र एमेच्योर सद्भाव आचार्यलाई ३ स्ट्रोकले पछि पारेका छन्। उमेशले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड बनाए। पहिलो दिनका लिडर दिनेशले ३–अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ७–अन्डर १ सय ३७ को स्कोरमा निरज तामाङ, डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ र एमेच्योर सद्भाव आचार्य संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६–अन्डर ६६ को उत्कृष्ट स्कोर दर्ज गर्दा सुबाश र सद्भावले ३–अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ५–अन्डर १ सय ३९ सहित तोरण विक्रम शाही र एमेच्योर विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा छैटौं स्थानमा छन। विजयले आज २–अन्डर ७० र तोरणले १–ओभर ७३ मा खेल सकाए। यो स्कोरमा तोरण आज दोस्रो स्थानबाट छैटौं स्थानमा तल झरे। समग्रमा ४–अन्डर १ सय ४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्तरुपमा आठौं स्थानमा छन्। जयरामले ४–अन्डर ६८, सञ्जयले ३–अन्डर ६९ र सुमनले २–ओभर ७४ को स्कोर गरे।

३६ होलको समाप्तीमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन। प्रोतर्फ रमेश अधिकारी, धन बहादुर थापा, भुवन कुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भुबहादुर गुरुङ, दल बहादुर लामा, टंक बहादुर कार्की, किशन कालीराज सुनार, वसन्त राज गुरुङ, शिवराम पौडेल, सूर्य प्रसाद शर्मा र युवराज भुजेलले कट बनाए। एमेच्योरतर्फ सदभाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङचेन ढोन्डुपले अन्तिम दुई दिनको लागि स्थान बनाएका छन्।

पहिलो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका भुवनले दिनेशसँग संयुक्तरुपमा शीर्षस्थानमा रहने क्रममा फ्रन्ट र ब्याक नाइन दुवै ३–अन्डर ३३ मा सकाए। दोस्रो होलको बोगीबाट सुरूवात गरेपनि तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा पनि चार वटा होलमा बर्डी प्रहार गरे। १०औं, १२औं, १४औं र १७औं होलमा एक–एक सट बचाए भने १५औं होलमा बोगी खेपे। उनले आज कुल ८ बर्डी प्रहार गरे।

पहिलो दिनको लिडर दिनेशले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र चौथो होलमा एक–एक सट खेर फाले। यसपछि १४औं होलको बोगी विरूद्ध ११औं र १२औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३५ मा सकाए।
निरजले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। पहिलो, तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा भने निरजले १०औं देखि १२औं र १८औं होलमा गरी चार बर्डी प्रहार गरे। ब्याक नाइन ४–अन्डर ३२ मा सकाए।

सुबाशले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए।

एमेच्योर सदभावले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे। दोस्रो र आठौं होलको बोगी विरूद्ध तेस्रो, पाँचौं, छैंटौं र सातौं होलमा एक–एक सट बचाए। ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे। ११औं होलमा बोगी प्रहार गरे भने १२औं र १३औं होलमा एक–एक सट बचाए।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ।प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन