महिला राष्ट्रिय कबड्डी प्रतियोगिता आजदेखि
मंगलबार, असार ५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता मंगलबार (आज)देखि सुरु हुने भएको छ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगिताका खेलहरू लैनचौर कभर्डहलमा हुनेछ। प्रतियोगिता ७ गतेसम्म चल्नेछ।
प्रतियोगितामा कोशी, मधेश, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका टोलीसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफको सहभागिता रहने छ।