मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी च्याम्पियन

बिहिबार, जेठ ३१, २०८१खेलपाटी संवाददाता
एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी च्याम्पियन
Classic Tech Internet Ad

पोखरा। पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ। 

एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो। गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन्। उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन्। 

गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल गर्‍यो।  लुम्बिनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल गर्‍यो। लुम्बिनीले २ रजत र ६ कास्य हासिल गर्‍यो। 

समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा पछि पर्दै तेस्रो स्थान हासिल गर्‍यो। कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो। मधेस प्रदेश र कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशले भने समग्रमा चौथो स्थान हासिल गर्‍यो। तीनै प्रदेशले  समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गर्‍यो। बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो। 

बिहीबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरे। लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे। 

छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदूरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे।

८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते। कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे।  छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पूर्णिमा बुढाले स्वर्ण जितिन्। गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेसकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन्। 

सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते। गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारस बहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे। 

छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन्। कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे। 

छात्रा तर्फ गण्डकीले स्वर्ण पदक हासिल गर्‍यो। गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण हासिल गरेको हो।

कोसी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गर्‍यो। कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे। 

छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए। 

गण्डकीका इस्पीन पौडेल, अभिषेक  धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए। सुदूरपश्चिमका चित्र बहादुर केसी, वरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

Bajaj Pulsar Motorcycle Ad
रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट