एजेन्सी । लिभरपुलका डिफेन्डर भर्जिल भान डिकले प्रिमियर लिगको प्लेयर अफ दि मन्थ अवार्ड पाएका छन् ।
डिसेम्बर महिनाका प्रिमियर लिगका उत्कृष्ट खेलाडी बन्दै भान डिकले यस अवार्ड जितेका हुन् ।
योसंगै नेदरल्याण्डका कप्तान भान डिक प्रिमियर लिगमा प्लेयर अफ दि मन्थ अवार्ड जित्ने नेदरल्याण्डका पहिलो खेलाडी बनेका छन् ।
यस्तै २७ बर्षे भान डिक पाँच बर्षपछि प्लेयर अवार्ड जित्ने पहिलो डिफेन्डर बने । यसअघि सन् २०१३ मा टोटेनहमका जान भेट्रोनघनले जितेका थिए ।
त्यस्तै लिभरपुलकै प्रशिक्षक जोर्गेन क्लोपले म्यानेजर अफ दि मन्थको अवार्ड जितेका छन् । सन् २०१६ पछि क्लोपले पहिलोपटक यस अवार्ड जितेका हुन् ।
लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध ४ अंकको अग्रता बनाएको छ ।