पारा ओलम्पिकको नेतृत्वमा सूर्यकुमारी
बुधबार, १६ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं । नेपाल पारा ओलम्पिक कमिटीको साधारण सभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोमादेवी पौडेल, उपाध्यक्षमा उपेन्द्र श्रेष्ठ र देवी आचार्य, महासचिवमा प्रकाश चिलुवाल, सचिवमा भरतबहादुर कार्की र कोषाध्यक्षमा ढुण्डीराज चालिसे रहेका छन् ।
कमला दाहाल, विरुकमल श्रेष्ठ, डिल्लीबहादुर विष्ट, शोभा विष्ट, रविन्द्र खत्री, समिताकुमारी दुलाल र नहेन्द्र निरौला सदस्यमा चयन भए । अघिल्लो कार्यसमितिका अध्यक्ष दिपक कोइरालालाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।







-1766070495057.jpeg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


