शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित
शुक्रबार, ०८ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। १०औं अरहन्त मेमोरियल कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा शब्द चिन्तनले शानदार प्रदर्शन गर्दै शाइन भिलेजलाई २–० ले पराजित गरेको छ।
शब्द चिन्तनको जितमा निकेश थापाले खेलको १२औं मिनेटमा पहिलो गोल गरे। १८औं मिनेटमा दिलबहादुर कटुवालले दोस्रो गोल थपे। कटुवाल म्यान अफ द म्याच घोषित भए।
यसअघि प्रतियोगिताको अर्को सेमिफाइनलमा भूपू सैनिक चापाकोट अयोग्य घोषित भएको आयोजकले जनाएको छ। टोलीले नक्कली कागजात प्रयोग गरेको पुष्टि भएपछि प्रतियोगिताबाट निष्कासित गरिएको हो।





-1771589331372.jpeg&w=3840&q=75)



-1771592656087.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)


-1771557471194.webp&w=3840&q=75)