तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि
शुक्रबार, ०८ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1771589256915.jpeg&w=3840&q=75)
काठमाडौं। तेजस्वी एकेडेमीको आयोजनामा प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगताअन्तर्गत ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूह विभाजन गरी लिग कम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् । ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।
छदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।








-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)




-1771557471194.webp&w=3840&q=75)