पूर्वखेलाडी जनार्दन सम्मानित
1715433865.jpeg&w=3840&q=75)
काठमाडौँ। क्योकुसिन करातेका पूर्वराष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन्। पाको नेपाल क्योकुसिन कराते संघले आयोजना गरेको आफ्ना खेलाडीको ग्रेडिङ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन्।
हालै प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा बढुवा भएकोमा घिमिरेलाई सम्मान गरिएको हो। पाको क्योकुसिनकी नेपालका लागि ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षक सजु महर्जनले घिमिरेलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरिन्।
सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल स्कुलमा भएको ग्रेडिङमा १ सय जना सहभागी थिए। जुनिअरतर्फ १५ खेलाडी ब्राउन बेल्ट, २० खेलाडी ग्रिन बेल्ट, १५ खेलाडी यल्लो बेल्ट र २५ खेलाडी ब्लु बेल्टमा पदोन्नती भएका छन्।
सिनिअरतर्फ ब्ल्याक बेल्ट पहिलो डानमा ७ जना, ब्ल्याक बेल्ट दोस्रो डानमा ३ जना, ब्ल्याक बेल्ट तेस्रो डानमा ३ जना र ब्ल्याक बेल्ट चौथो डानमा २ जनाको परीक्षा लिएको प्रशिक्षक महर्जनले जनाइन्। प्रमाणपत्रका लागि उनीहरूको ग्रेडिङको विवरण अमेरिकाको न्यू योर्कस्थित पाको क्योकुसिनको मुख्यालयमा पठाइने छ।
जुनिअरमा विभिन्न तहको बेल्ट प्राप्त गर्न सफल खेलाडीलाई घिमिरेसहित नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापाललगायते बेल्ट र प्रमाणपत्र प्रदान गरे।









-1765627825694.jpeg&w=3840&q=75)





