• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
भीमबहादुरले पारालिम्पक छनोट खेल्ने
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २८, २०८१ खेलपाटी संवाददाता
भीमबहादुरले पारालिम्पक छनोट खेल्ने

काठमाडौँ। पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस प्यारालिम्पिक– २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्।

पेरिस प्यारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ। ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङ नै राष्ट्रिय कीर्तिमान हो।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्यूमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। श्रेष्ठ पनि अफिसियलका रूपमा सिंगापुर जाँदै छन्।

गोर्खा जिल्लाको नारेश्वर बेनी खोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एशियाली पारा खेलकुद हो।

त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेस्रो एशियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए। ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन्।

भीमले पेरिस प्यारालिम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउँदै भने,‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ। यो एउटा सुनौलो अवसर हो। सक्दो प्रयास गर्ने छु।’

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जाने छन्। प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदैछन्।

सो अवसरमा सदस्य–सचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोस्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए। ‘पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन छनोट भई इतिहास रचिसक्नु भएको छ। पलेशा प्यारालिम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ,’ उनले भने, ‘अब पालो तपाईँ (भीमबहादुर) को हो। राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नु होस्, शुभकामना।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP