नेपाललाई बास्केटबल उपाधि
मंगलबार, बैशाख १८, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ।
चीनको युनानमा भएको फाइनलमा नेपालले युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्यो। नेपाली टोलीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन्। प्रशिक्षकमा सुशिल गुरुङ छन्।
जी टू जीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई उक्त प्रतियोगितामा सहभागिताका लागि सहयोग गरेको हो।






-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)



