• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा
खेलपाटी संवाददाता
सोमबार, वैशाख १७, २०८१ खेलपाटी संवाददाता
आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

धुलिखेल। विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।

धुलिखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्‍यो। आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन्। त्यस्तै, डम्मरा भट्टले दुई गोल गर्दा सीमा खड्काले एक गोल गरिन्।

डम्मराले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। खेलको १०औँ मिनेटमा डम्मराले नै व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो।

आर्मीका लागि २२औँ मिनेटमा सीमाले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाइन्। खेलको २३औँ मिनेटमा सरस्वतीले आर्मीका लागि चौथो गोल गरिन्। ३९औँ मिनेटमा सरस्वतीले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–० गोलको अग्रता बनायो। खेलको ५७औँ मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीले ६–० गोलको जित निकाल्यो।

आर्मीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी निर्मला पाण्डे प्लेअर अफ द म्याच चुनिन्। आर्मीले अब फाइनलमा गण्डकी प्रदेशको सामना गर्नेछ। आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो। जसमा गण्डकीले बाजि मार्न सफल भयो। गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीता माया बल र शिल्पा डंगौराले गोल गर्न सकेनन्।

यता, सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन्। सुदूरपश्चिमका सञ्जु चौधरी, पूर्णिमा नेगी, आशाका एसके र जमुना भट्टराईले गोल गर्न सकिनन्। त्यसअघि खेलमा खेलको १५औँ मिनेटमा सीता मायाले गोल गर्दै  गण्डकीलाई अग्रता दिलाएकी थिइन्।

२४औँ मिनेटमा सुदूरपश्चिमका लागि नमिता एसकेले बराबरी गोल फर्काइन्। गण्डकीका लागि खेलको २७औँ मिनेटमा गीता पुनमगरले गोल गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाइन्। ३१औँ मिनेटमा गण्डकीकी सीता मायाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाइन्।

त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्न सफल भयो। ४१औँ मिनेटमा पूर्णिमा उराउले गोल गर्दै टिमलाई ३–२ गोलको अवस्थामा ल्याइन्। ५०औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्याएकी थिइन्।

खेलको प्लेअर अफ दि म्याच सुदूरपश्चिमकी आशिका चुनिन्। गण्डकीले अब उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ। दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट शुरू हुनेछ। त्यसअघि बिहान ८ बजे तेस्रो स्थानका लागि सुदूरपश्चिम र मधेस प्रदेश खेल्नेछन्।

प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५  हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाणपत्र प्राप्त गर्ने छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP