• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्मीको विजयी शुरूआत
खेलपाटी संवाददाता
शनिबार, वैशाख १५, २०८१ खेलपाटी संवाददाता
आर्मीको विजयी शुरूआत

धुलिखेल। छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी शुरूआत गरेको छ।

धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा शनिबार आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्‍यो। आर्मीको जितमा सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १–१ गोल योगदान गरे।

खेलको २१औँ मिनेटमा सीमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। आर्मीका लागि डम्मराले खेलको ५०औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। सरस्वतीले ५६औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरिन्। जितसँगै आर्मीले ३ अंक जोडेको छ।

नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनु पर्‍यो। लुम्बिनीका लागि अनन्या बर्नवालले खेलको सातौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। मधेशकी आरतीकुमारी महतोले ४०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। दुवैले १–१ अंक बाँडेका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार चार खेल हुनेछन्। पहिलो खेलमा आर्मीले बागमती प्रदेशसँग खेल्दा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशसँग खेल्नेछ। तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग खेल्नेछ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP