मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा

मंगलबार, २७ चैत्र २०८०खेलपाटी संवाददाता
दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौँ। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्।

नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ४ र पुरूषतर्फ ४ गरी ८ टोली अन्तिम चारमा पुगेका हुन्।

आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ को विजेता बन्दै इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससीआईएनएन) अन्तिम चारमा पुगेको छ।

एससीआईएनएनले बीआईएलाई २२–२० र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए)लाई ४७–१० स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

फाइनल प्रवेशका लागि एससीआईएनएनले पुल ‘बी’ को उपविजेता सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने छ। एपीएफ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग २६–२१ स्कोरले पराजित भएको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई २७–७ स्कोरले पराजित गरदै एपीएफले अन्तिम चारमा स्थान बनाउन सफल भयो।

यस्तै, एपीएफ रहेकै पोलबाट आर्मी विजेता बन्दै सेमिफाइनलमा पुग्यो। आर्मीले एनएससीआईएसए ३२–१५ को स्कोरमा पराजित गरेको थियो। आर्मीले फाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता बीआईएसँग खेल्ने छ।

बीआईएले डब्ल्यूएसएलाई १८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

यस्तै, महिलातर्फ महिलातर्फ पुल ‘ए’ बाट विजेता बन्दै एससीआईएनएन सेमिफाइनलमा पुगेको छ। एससीआईएनएनले बीआईएलाई ८–६, डब्ल्यूएसएलाई २१–० र निडवानलाई १६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। उसले फाइनल प्रवेशका लागि विइनसँग खेल्ने छ। पोल ‘बी’ को उपविजेता विइन पहिलो खेलमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)सँग २८–० स्कोरले पराजित बेहोरेको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई ८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्‍यो।

यस्तै, पुल ‘बी’ को विजेता जेडब्यूएससीले पुल ‘ए’ को उव‍पविजेता बीआईएसँग फाइनल प्रवेशको लागि खेल्ने भएको छ। जेडब्यूएससीले विइनलाई २८–० र आयोजक एनएससीआईएसएलाई २९–० स्कोरले पराजित गर्दै बीआईएसँगको भेट पक्का गरेको हो। बीआईएले डब्ल्यूएसएलाई ८–९ स्कोरले पराजित गरेको थियो।

सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन्। पुरुषतर्फको सेमिफाइनल खेल बिहान साढे ७ बजेदेखि शुरू हुने छ। यस्तै, महिलातर्फको साढे ९ बजेदेखि शुरू हुने आयोजकले जनाएको छ।

सेमिफाइनलमा विजयी हुने पुरुष र महिलातर्फका दुई/दुई टोली फाइनल पुग्ने छन् भने पराजित हुने दुई/दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन्। तेस्रो स्थानको खेल बिहान साढे ११ बजेदेखि शुरू हुने छ। पुरुषतर्फको  फाइनल खेल दिउँसो साढे १ बजे र महिलातर्फको साढे २ बजेदेखि शुरू हुने छ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ सय रुपैयाँ प्राप्त गर्नेछन्। मोस्ट भ्यालुयबल प्लेअरलाई पनि २५ सय रुपैयाँ पाउने छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत