टाईम्सको लगातार पाँचाै जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले पाँचाै जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबाबार भएको खेलमा टाईम्सले रोएललाई ९५-६१ ले पराजित गरेको हो ।
टाईम्सको यो लगात पाँचाै जित हो । पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाईम्सले थ्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो ।
६ खेलबाट टाईम्सले ११ अंक जोडेको छ ।
रोएलको यो पाँचाै हार हो । ६ खेलबाट रोएलको ७ अंक छ ।
टाईम्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २९-१७,१७-१४, २५-१८, २४-१२ को प्रदर्शन गर्यो ।
टाईम्सका कप्तान सदिह प्रधानले सर्वाधिक २४ अंम स्कोर गरे ।
शुक्रबार राती भएको खेलमा आर्मीले प्लेबक्स एरेनालाई १०२-८६ ले हरायो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।







-1771589256915.jpeg&w=3840&q=75)

-1774092907794.webp&w=3840&q=75)





-1773994957656.jpg&w=3840&q=75)