मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल संघ र केल्मीबीच तीन वर्षको नयाँ सम्झौता

बिहिबार, १५ चैत्र २०८०खेलपाटी संवाददाता
भलिबल संघ र केल्मीबीच तीन वर्षको नयाँ सम्झौता
mustang rice ad

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले केल्मीसँग नयाँ सम्झौता गरेको हो । 

नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग नयाँ सम्भौता गरिएको संघका अध्यक्ष चन्दले बताए । 

अध्यक्ष चन्दका अनुसार भलिबल संघले केल्मीसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको हो । सम्झौता अनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ ।  

केल्मीले तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल गामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए । 

केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०-२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे । 

सम्झौतापछि केल्मीले १ सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए ।

उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने चन्दले जानकारी दिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

Bajaj Pulsar Motorcycle Ad
राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल