एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो
सोमबार, ०२ चैत्र २०८२खेलपाटी संवाददाता
-1773650309203.jpeg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग असन्तुष्ट क्लबलाई वार्तामा बोलाइएको छ।
एन्फाले ३० चैतदेखि ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेसँगै सबै डिभिजन खेल्ने लिगका पदाधिकारी विभिन्न माग राखेर एन्फा कम्पलेक्स पुगेका थिए।
तर, एन्फाले उनीहरूलाई गेट बाहिर नै रोकेको थियो। यद्यपि, क्लबका पदाधिकारी टसको मस नभएपछि एन्फाले महासचिव किरण राईलाई झिकाएर वार्तामा बोलाएको हो।
वार्तामा फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठ, चर्च बोइज युनाइटेडका अध्यक्ष रुवेन राई (टंक), सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले, एनआरटी क्लबका अध्यक्ष सुन्दरराज जोशीसहित कुमार राजभण्डारी र जयकिशन श्रेष्ठ भित्र छिरेका छन्।











-1773571925193.webp&w=3840&q=75)
