एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल
-1773655510163.jpeg&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट क्लबबीचको वार्तामा असफल भएको छ।
एन्फाले ३० चैतदेखि ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेसँगै सबै डिभिजन खेल्ने लिगका पदाधिकारी विभिन्न सात माग राखेर एन्फा कम्पलेक्स पुगेका थिए।
तर, एन्फाले उनीहरूलाई गेट बाहिर नै रोकेको थियो। यद्यपि, क्लबका पदाधिकारी टसको मस नभएपछि एन्फाले महासचिव किरण राईलाई झिकाएर वार्तामा बोलाइएको थियो।
वार्तामा फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठ, चर्च बोइज युनाइटेडका अध्यक्ष रुवेन राई (टंक), सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले, एनआरटी क्लबका अध्यक्ष सुन्दरराज जोशी, आरसिटीका कुमार राजभण्डारी र थ्रीस्टारका उपाध्यक्ष जयकिशन श्रेष्ठ भित्र छिरेका थिए।
तर, वार्ता असफल भएको हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। ‘हाम्रा साथीहरू वार्ताका लागि भित्र जानुभएको थियो। तर, वार्ता भंग भयो। हामी त रिले अनसन बसिरहेका छौं,’ उनले भने।
क्लबले राखेका सात माग
१) एन्फा र ए डिभिजन क्लब बिच लिगको सम्बन्ध मा मिति २०८२/०७/१७ गते भएको कार्य तालिका सहितको सहमति कार्यान्वयन गर्नु पर्ने।
२) राष्ट्रिय लिग चालु रहि रहेको अबस्थामा TRANSFER WINDOW खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ ? तसर्थ क्लब को सम्झौता अनुसार कार्य गर्नु पर्ने।
३) क्लबहरुले बिदेशी खेलाडी आबद्ध गर्दा WORK PERMIT लिनलाई पर्याप्त समय आबश्यक पर्ने हुन्छ। राष्ट्रिय लिगमै पनि एन्फाले WORK PERMIT को लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सृजना भएकोले बिदेशी खेलाडीहरूको हकमा WINDOW OPEN गरि एक द्वार प्रणालीबाट WORK PERMIT लिने व्यवस्था अबिलम्ब गर्नु पर्ने।
४) प्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको बैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिस्चीएता गर्नु पर्ने।
५. मिति २०८२/११/२६ गते क्लबहरुले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरु संग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिलम्ब सच्चाइ क्लबहरु सहमति अनुसार निर्णय गर्न अनुरोध गर्दछौ।
६. क्लबहरू सर्गको सहमति बमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिन पश्यात ए' डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरि लिगको बारेमा निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा बिना छलफल सहमति बेगर राष्ट्रिय लिग चलिरहेको अबस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाउदै सहभागी क्लब तथा सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्न अनुरोध गर्दछौ।
७) लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिस्चीतता गरि क्लब सगं को सहमतिमा मात्र लिगको मिति तय गर्नु पर्ने।





-1773650309203.jpeg&w=3840&q=75)






-1773571925193.webp&w=3840&q=75)