आयल निगम र एनआईएमबी फाइनलमा
आइतबार, चैत ४, २०८०खेलपाटी संवाददाता
काठमाडौं । नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबी आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल इसानद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा आयल निगमले नेपाल बैंक लिमिटेडलाई ४–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि राम विश्वकर्मा र लक्ष्मण विश्वकर्माले समान २–२ गोल गरे । नेपाल बैंकबाट सन्जिव जोशीले सान्त्वना गोल गरे ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको अर्को सेमिफाइनलमा एनआईएमबीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई १–० गोलले हरायो ।
एनआईएमबीका पविक्रम कार्कीले निर्णयक गोल गरे ।
प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
#आरबीबीएल–इसान कप फुटसल






-1759666509639.jpg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


