शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. बुटवल ओपनमा प्रदीप र प्रणव सेमिफाइनलमा

बुटवल ओपनमा प्रदीप र प्रणव सेमिफाइनलमा

२०२४ फेब्रुअरी २९, बिहिबारमनोज थापा (हिमालयन मनोज)

बुटवल ओपनमा प्रदीप र प्रणव सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिसको मेन्स ओपनमा प्रदीप खड्का र प्रणव मानन्धर सेमिफाइनल प्रवेश गरेका छन् । 

बिहीबार क्वार्टरफाइनलको खेलमा प्रदीप र प्रणवले जित निकाल्दै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

प्रदीपले आर्यन गिरीलाई ६–३ र ६–४ को सेटमा पाखा लगाउँदा प्रणवले प्रणव खनाललाई ६–१, ३–६ र ६–३ को सेटमा पराजित गरे । 

सोही स्पर्धामा ऋतिक रानाले सक्षम बिक्रम शाहलाई ६–३ र ६–३ को सेटमा र निशान श्रेष्ठले आशिष खड्कालाई ६–१ र ६–४ को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेका छन् । 

४५ं वर्षमाथिको सिंगल्समा कमल भण्डारीले रोहित सुनुवारलाई ६-१ र ६-० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे । गोपी भट्टराईले माधव भण्डारीलाई ५-७, ६-३ र १०-५ को सेटमा हराउँदै फाइनल यात्रा तय गरे । 

५५ं वर्षमाथिको सिंगल्समा चन्द्र शाहीले बिमल गुरुङलाई ६-२ र ७-५ को सेटमा पराजित गरे । त्यस्तै, राजु श्रेष्ठले बिष्णु हमाललाई ६-० र ६-१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरे ।

३५ं वर्षमाथिको सिंगल्समा अनिल शाहीले नबिन श्रेष्ठलाई ६-१ र ६-२ को सेटमा पराजित गरे । सन्तोष खत्रीले सोम रानालाई ६-१ र ६-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरे । कमल भण्डारीले राजन पौडेललाई ६-१ र ६-३ को सेटमा पराजित गरे भने सिमान्त गुरुङले संजय श्रेष्ठलाई ६-१ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरे ।

६५ वर्षमाथिको सिंगल्समा ध्रुव गुरुङले अब्दुल सलामतलाई ६-१ र ६-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे । ध्रुवले अब उपाधिका लागि मनोज रानासँग प्रतिस्पर्धा गर्नेछन् ।

५५ वर्षमाथिको डबल्समा बिमल गुरुङ र हिमाल शाहको जोडीले सुदर्शन बिष्ट र शिव सेढाईको जोडीलाई ६-७, ६-३ र १०-७ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे । अर्को खेलमा लोक गुरुङ र धरम लामिछानेको जोडीले चन्द्र शाही र जोली टार्गेनको जोडीलाई ६-१ र ६-१ को सेटमा हराउँदै फाइनल पुगे । 

३५ं वर्षमाथिको मेन्स डबल्समा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले पदम गुरुङ र विकास गुरुङको जाडीलाई ६-१ र ६-१ को सेटमा हराए ।  सन्तोष खत्री र संजय श्रेष्ठको जोडीले राजन पौडेल र नबिन श्रेष्ठलाई ६-७, ६-४ र १०-३ को सेटमा पाखा लगाउँदै फाइनल पुगे ।

मेन्स ओपन डबल्समा सक्षम बिक्रम शाह र आर्यन गिरीले नेहाल जंग थापा र प्रदिप खड्कालाई ६-४ र ६-३ को सेटमा हराए । अर्को खेलमा आशिष खड्का र आयुष्मान गुरुङको जोडीले ऋतिक राना र निशान श्रेष्ठलाई ६-२ र ६-४ को सेटमा हराउँदै फाइनल प्रवेश गरे । 

४५ वर्षमाथिको डबल्समा रोहित सुनुवार र जोली टार्गेनले हिमाल शाह र सुदर्शन बिष्टलाई ६-३ र ६-३ को सेटमा पराजित गरे । अर्को खेलमा गोपी भट्टराई र धरम लामिछानेले वाक ओभर पाउदै फाइनल यात्रा तय गरे । 

प्रतियोगितामा एकलतर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको एकलतर्फका विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

४५ वर्षमाथि एकलतर्फका विजेताले ३५ हजार, दोस्रोले २० र तेस्रोले १० हजार तथा ५५ वर्षमाथिको एकल तर्फको विजेताले २५ हजार, दोस्राले १५ र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

६५ वर्षमाथिको एकलतर्फको विजेताले १५ हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
युगलतर्फ खुल्लातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

३५ वर्षमाथि सबै विधामा पहिलो हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 
रुपन्देही जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिा फागुन १९ गतेसम्म चल्नेछ ।

#बुटवल ओपनमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे