• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाली क्रिकेटरको पैसा आईसीसीद्वारा रिलिज
खेलपाटी संवाददाता
बिहीबार, पुस १९, २०७५ खेलपाटी संवाददाता
नेपाली क्रिकेटरको पैसा आईसीसीद्वारा रिलिज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले दुई वर्षबाट रोकिएको पारिश्रमिक पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद (राखेप) को पहलमा नेपाली क्रिकेट टोलीका सदस्यहरुले रोकिएको पारिश्रमिक पाउने भएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेपछि नेपाली क्रिकेट खेलाडीहरुले तलब पाएका थिएनन् । नेपाललाई आईसीसीले गत २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो । तर, राखेपले विशेष पहल गरेपछि नेपाली खेलाडीहरुको पारिश्रमिक उपलब्ध गराउन आईसीसी तयार भएको हो ।

आईसीसीले राखेपले पठाएको खेलाडीको नामावलीमा वर्गीकरण अनुसार पारिश्रमिक उपलब्ध गराउने छन् । राखेपले आईसीसीलाई 'ए' , 'बी' र 'सी' गरी तीन तहमा नेपाली खेलाडीलाई वर्गीकरण गरेर नामावली पठाएको सदस्य सचिब केशव कुमार बिष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।

'राखेपले पहल गरेपछि दुई वर्षबाट रोकिएको खेलाडीको तलब दिन आईसीसी सहमत भएको छ ।  हामीले आइतबार पत्र पठाईसकेका छौं,' प्रेस सल्लाहकार दाहालले खेलपाटीलाई भने, 'प्रशिक्षकले उपलब्ध गराएको खेलाडीको नाम पठाएका छौं । खेलाडीले चाडै पारिश्रमिक पाउनेछन् ।'

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले खेलाडीको वर्गीकरण गरेर राखेपमार्फत पारिश्रमिकका लागि आईसीसीलाई पत्र पठाएको बताए ।

'लामो समयबाट रोकिएको खेलाडीहरुको तलबका लागि राखेपबाट पत्र पठाएका छौं । नेपालबाट खेलाडीले खेलेको समय र प्रदर्शनको आधारमा खेलाडीको वर्गीकरण गरिएको हो,' प्रशिक्षक टमटाले भने ।

राखेपले आईसीसीलाई पठाएको खेलाडी वर्गीकरणमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी 'ए' श्रेणीमा रहेका छन् । यस श्रेणीका खेलाडीले मासिक ३५ हजार पारिश्रमिक पाउनेछन् ।

यस्तै पुर्व सदस्य शक्ति गौचन, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख र अनिलकुमार शाह 'बी' श्रेणीमा रहेका छन् । यस श्रेणीका खेलाडीले मासिक २५ हजार पाउनेछन् ।

त्यस्तै सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी, सुशन भारी, किशोर महतो, दिलीप नाथ र  सुनील धमला 'सी' श्रेणीमा रहेका छन् । उनीहरुले मासिक १५ हजार पारिश्रमिक पाउने छन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP