पहिलो खेलमा पुलिस र लुम्बिनी भिड्ने
शनिबार, माघ १३, २०८०खेलपाटी संवाददाता

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा हुने मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस र लुम्बिनी भिड्ने भएका छन् ।
भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरको खुला मञ्चमा आइतबारदेखि सुरु हुने प्रतियोगिताका दुई टोली भिड्ने भएका हुन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् ।
पुलिस र लुम्बिनी भिड्ने भएका छन् । त्यस्तै दोस्रो खेलमा खेलमा एपीएफ र मधेश प्रदेशले भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम भिड्नेछन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


