बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा ओपन टेनिसमा प्रदिपको दोस्रो जित 

बुधबार, ११ पौष २०८०खेलपाटी संवाददाता
पोखरा ओपन टेनिसमा प्रदिपको दोस्रो जित 
Loading ad...
mustang rice ad

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २० औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शीर्ष वरियताका प्रदिप खड्काले दोस्रो जित निकालेका छन् ।  

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नम्बर एक बरियताका प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका हुन् । 

सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई  ६–४, ४–६, ६–० ले र अभिनन्सु ठाकुरले राजविर प्रधानलाई ६–२, ६–३ ले पराजित गरे । 

मेन्स डबल्सतर्फ प्रणब मानन्धर र राजविर प्रधानको जोडीले ज्वेल राणा र दर्शिल श्रेष्ठको जोडीमाथि ६–०, ६–४ ले जित निकाल्दा संरक्षक र सम्यक बज्रचार्यको जोडीले शास्वत र सृजन भट्टराईको जोडीलाई ६–०, ६–१ ले, आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीले सक्षम र प्रितम परियारको जोडीलाई ६–४, ६–१ ले, आशिष र सौगात विकको जोडीले मिन बहादुर र कुशल गुरुङको जोडीमाथि ६–०, ६–१ ले जित दर्ता गरेका छन् । 

अभिनन्सु ठाकुर र शिद्धान्तको जोडीले निशाद र देवाशिस रियुलको जोडीलाई ६–०, ६–० को सोझो सेटमा तथा गोविन्द र युगेन शेर्पाको जोडीले आयुष्मान र शक्तिको जोडीलाई ६–४, ०–६ र १३–११ ले संघर्षपूर्ण जित निकालेका छन् । 

३५ वर्ष माथिको सिंगल्समा जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–० ले, सञ्जय श्रेष्ठले नवराज शर्मालाई ६–३, ६–२ ले, दावा सोनाम शेर्पाले अमित गुरुङलाई ६–०, ६–१ ले र सन्तोष खत्रीले व्रिजेश लाकोलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । 

३५ वर्षमाथिको डबल्समा राज गुरुङ र विकास गुरुङको जोडीले भिष्मराज पौडेल र नवराज शर्माको जोडीमाथि ९–६, ६–३ र १०–७ ले संघर्षपूर्ण जित निकालेको छ । त्यसैगरि अनिल र सिमान्तको जोडीले दुर्गा केसी र सुकमानको जोडीमाथि ६–३, ६–३ ले, कमल भण्डारी र अमित गुरुङले प्रकाश राज वाग्ले र लक्ष्मण तामाङको जोडीलाई ६–१, ६–० ले पराजित गरे । 

४५ वर्षमाथि सिंगल्समा विकास गुरुङले राम बहादुर विकलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दा, विष्णु चापागाईले बुद्धि गुरुङलाई वाक आउट दिएका छन् । प्रदिप शाहले सुकमान तामाङलाई ६–१, ६–१ ले पराजित गरे भने माधव भण्डारीले थम आलेलाई ६–६, ६–३ र १०–३ ले, निम बहादुर पुनले प्रताप मोक्तानलाई १–६, ६–० र १०–६ ले, अमृत कार्कीले बलराम सापकोटालाई ६–३, ६–३ ले, उत्तम बोगोटीले मनिष श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा जित निकालेका छन् । 

४५ वर्ष उमेर समुहको डबल्समा हिमाल र सुदर्शनको जोडीले शुक्र र विरेन्द्र लामाको जोडीलाई ६–१, ६–० ले, मछिन्द्र थापा र विपिनको जोडीले किम र तेज लीको जोडीलाई ६–७, ७–६ र १०–८ ले पराजित गरे । राज गुरुङ र केवी तामाङको जोडीले मनोज नेपाल र विष्णु चापागाईको जोडीलाई ६–१, ६–२ ले जित्दै आफ्नो यात्रा अघि बढाएका छन् । 
रोहित र इव्राहिम मुस्लिमको जोडीले मछिन्द्र र विपिनको जोडीलाई ६–२, ६–२ ले, आशिष र निमाको जोडीले विरेन्द्र लामा र सूर्य भुजेलको जोडीलाई ६–२, ६–२ले पाखा लगाए भने कृष्ण र सुवर्णको जोडीले राम विक र मनोज बस्नेतको जोडीमाथि ६–० र ६–१ ले जित निकाल्दा र धरम सिंह लामिछाने र गोपी भट्टराईको जोडीले करिम र सोम लालचनको जोडीमाथि ६–२, ७–५ ले जित निकालेका छन् । 

५५ वर्षमाथि सिंगल्समा ऋषिराम पञ्डितले पेम्वा तासीलाई वाक आउट दिएका छन् भने राम रानाले जाङवो शेर्पालाई ६–०, ६–३ ले पराजित गरे । हर्कबहादुर गुरुङले सुरेन्द्र माकाजुलाई ६–४, ६–१ को जित निकाल्दा एक अर्को खेलमा सुनिल गुरुङले पदम गुरुङलाई पराजित गरे । त्यसै वाक आउटकै आधार जित निकाल्दै डियोनम लामा र मोती घले दोश्रो चरणमा प्रवेश गरेका छन् । सोही उमेर समुहको सिंगल्समा धरम सिंह लामिछाने शुक्र शेरचनलाई ३–६, ६–० र १०–४ ले पराजित गरेका छन् । 

६५ वर्षमाथि सिंगल्समा मनोज शम्सेर जङ्ग बहादुर राणाले विष्णु गुरुङलाई ४–०, ४–१ को सेटमा पराजित गरे भने ध्रुव गुरुङले पेम्वा ताशीलाई ४–१, ४–१ ले, कर्म घलेले डियोनम लामालाई ४–१, ५–३ ले पराजित गरेका छन् । 
प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमिफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफीसंगै सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गतनै हुने ५५ वर्षमाथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमिफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमिफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको संघका अध्यक्ष लोक बहादुर गुरुङले बताए । 
 

Loading ad...
LiNing Ad
#पोखरा ओपन टेसिन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स