एपीएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा

मधेश प्रदेशका लागि सर्वाधिक ५७ रन बनाएका म्यान अफ दी म्याच अनिल साह । फोटो : योगेश श्रेष्ठ
पोखरा । केपी ओली कप टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश फाइनल प्रवेश गरेको छ ।
बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय टिम एपीएफलाई ११ रनले हराउँदै मधेश प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
मधेशले उपाधिका लागि अर्को विभागीय टिम आर्मीसँग खेल्नेछ ।
मधेश प्रदेशले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य पछ्याएको एपीएफले ९ विकेट गुमाएर १ सय ८६ रन बनाउन सक्यो । कप्तान प्रदीप ऐरीले ५५ रन र सन्दीप जोराले ५४ रनको अर्धशतक प्रहार गरेपनि एपीएफलाई जित दिलाउन सकेनन् । एपीएफका लागि लोकेश बलमे ३२, सुमित महर्जनले १३ र भुवन कार्कीले अविजित १४ रन बनाए ।
आसिफ शेख ४, अर्जुन ऐरी शुन्य, पुरन बिके ४, अमर रौटेला शुन्य र अभिनाश बोहोरा शुन्य रनमा आउट भएका थिए । मौसम ढकाल १ रनमा अविजित रहे ।
मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान दुई दुई विकेट लिए ।
सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । अनिल साहले ५७ र इमरान शेखले ५० रनको अर्धशक प्रहार गरेपछि मधेशले कडा चुनौती पेश गर्न सफल भएको थियो ।
ओपनर हरिशंकर साह १० रनमा पेविलियन फर्किदा पवन सरार्फले ३३ रनको शानदार इनिङ्स खेले । रुपेश सिंहले २१, हिमांशु दत्तले १५ रन बनाए । बिशाल शुसिलिङ र मायान यादव समान ४ रनमा अविजित रहे ।
एपीएफका मौसम ढकालले ३ तथा अमर रौटेलाले २ र पुरन बिकेले एक विकेट हात पारे ।
फाइनल खेल भोलि शुक्रबार मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।










-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)


-1767840835858.webp&w=3840&q=75)

