काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले राहतको स्वास फेर्न पाएका छन्। पछिल्लो समय उनको टोली खराब लयबाट गुज्रिरहेको थियो।
भिक्टर लिन्डेलोफले लुटन टाउनविरुद्धको दोस्रो हाफमा गरेको गोलको अर्थ युनाइटेडले अब पछिल्ला पाँच मध्ये चारवटा लिग खेल जितेको छ, जुन उनीहरूको अभियानमा उत्कृष्ट पुमरागमन हो।
अर्को भनेको, युनाइटेडले मेको सुरुदेखि पहिलो पटक लगातार लिगमा क्लिन चिटहरू पनि राखेको छ।
म्यानचेस्टर सिटी र न्युक्यासलसँग लगातार ३ ० ले घरेलु हार बेहोर्नुले, कोपेनहेगनमा दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा च्याम्पियन्स लिगमा ग्रुप स्टेजबाट बाहिरिने संघारमा हुनु, र काराबाओ कपबाट नकआउट हुनुले टेन ह्यागको जागिर धरापमा थियो।
यस्तो बेलामा, जब परिवर्तनको हावा ओल्ड ट्राफोर्डको वरिपरि घुमिरहेको छ, सकारात्मक कुराहरूलाई जोड दिनु उपयुक्त दृष्टिकोण हुन सक्छ।
टेन ह्यागले युनाइटेडका नयाँ मालिक सर जिम र्याटक्लिफलाई पनि विस्वास दिलाउनु थियो, अपेक्षा गरे अनुसार, इनियोस मालिकले यो महिनाको अन्तिम सम्ममा महत्वपूर्ण शेयरधारकको रूपमा युनाइटेडमा लगानी गर्नेछन्।
पूर्व ब्रिटिश साइकल प्रदर्शन निर्देशक सर डेभ ब्रेलफोर्डले पनि क्लबमा महत्वपुर्ण जिम्मेवारी लिने बुझिएको छ। जसले नयाँ संरचना निर्माणमा आवश्यक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
युनाइटेडमा स्पष्ट समस्याहरू बाँकीनै छन्।