मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
  4. /
  5. ढुकुलाई हराउँदै मेन्टेन एफसी च्याम्पियन 

ढुकुलाई हराउँदै मेन्टेन एफसी च्याम्पियन 

२०२३ अक्टोबर १७, मङ्गलबारखेलपाटी संवाददाता

ढुकुलाई हराउँदै मेन्टेन एफसी च्याम्पियन 

पोखरा । पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ ।

‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।

मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १÷१  गोल गरे ।

च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद ५ लाख रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद ३ लाख सहित शिल्ड, मेडल, प्रमाणपत्र हात पार्यो ।

देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए ।

उनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडी युनाईटेड रोशन मगर र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २५ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको अनुशासित टिमको शिल्ड बि –१३ ले प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै गण्डकीका मुख्यमन्त्री तथा सांसद पृथ्वी सुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।  गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको थियो ।

# मेन्टेन एफसी च्याम्पियन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

नखिपोट फुटसल असोजमा

नखिपोट फुटसल असोजमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल