रुपन्देही । तेस्रो संस्करणको 'द फार्मा कप फुटसल' प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोलि शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने आयोजक द फार्मा टिम बुटवलले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ३३ हजार ३ सय ३३ र उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अघिल्लो दुवै संस्करणको उपाधि देवदह मेडिकल कलेज देवदहले जितेको थियो ।