कोको गाफलाई यूएस ओपन टेनिसको उपाधि
आइतबार, २४ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकी युवा खेलाडी कोको गाफले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
प्रतियोगिताको फाइनल खेलमा आर्यना सबालेन्कालाई हराउँदै गाफले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
छैटौं वरियताकी गाफले घरेलु मैदानमा प्राप्त हौसलाको साथ दोस्रो वरियताकी सबालेन्कालाइ पछि पारिन् ।
उनले २–६, ६–३ र ६–२ को सेटमा जित आत्मसाथ गरिन् ।
‘मलाई यस्तो लागिरहेको छ कि म यस समय थोरै आश्चर्यमा परेको छु ।’ गाफले भनिन् ।
‘मलाई लाग्छ, भगवानले कठिन परिक्षणबाट गुजार्छन् । यसले गर्दा यो अझै मधुर हुने रहेछ ।’ उपाधि जितेपछि उनले थपिन् ।
सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गाफले यूएस ओपन टेनिसमा सफलता हासिल गरेकी छिन् ।
#कोको गाफ






1686853912-1760864621059.avif&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)