• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विवादमा विशेष साधारण सभा
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २२, २०८० खेलपाटी संवाददाता
विवादमा विशेष साधारण सभा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राखेको विशेष साधारण सभा विवादमा फसेको छ । डिभिजन क्लबहरु र जिल्लाहरुको असन्तुष्टिका कारण विशेष साधारण सभा विवादमा परेको हो ।

एन्फाले भदौ २४ गते लेखा परिक्षक नियुक्तिको निर्णय अनुमोदनका लागि भन्दै भर्चुअल बैठक बोलाएको थियो । क्लब र जिल्ला संघले विशेष साधारण सभा बैठक भर्चुअल रुपमा बोलाउने र लेखा परिक्षक नियुक्ति गर्ने सार्वभौम साधारण सभाको अधिकार कार्यसमितिले खासेको भन्दै असन्तुष्टि जनाएका छन् । 

उनीहरुले भर्चुअल रुपमा बोलाईएको विशेष साधारण सभा बैठक अवैधानिक रहेको र यसलाई वहिष्कार गर्ने चेतावनी नेतृत्वलाई दिएका छन् ।

फुटबल संघभित्र देखिदै आएको विभिन्न समूह तथा उपसमूहको अन्तरसंघर्षको दृष्य अब साधारण सभामा देखिने संकेत मिलेको छ । संस्थापन र इतर गरि दुवै समूहले विशेष साधारण सभालाई शक्ति परिक्षणको थलो बनाउने तयारी गरेका छन् ।

‘एन्फा विधानमै साधारण सभाबाट लेखा परिक्षक सम्बन्धि निर्णय गर्ने ब्यवस्था छ । कार्यसमितिबाट निर्णय गराएर सिंगो साधारण सभालाई बाइपास गर्ने काम भएको छ । अहिलेसम्म सार्वजनीक सूचना जारी गरेर लेखा परिक्षक नियुक्त गर्न कुन चिजले रोक्यो ?’ इतर समूहका एक नेताले भने, ‘भर्चुअल रुपमा बैठक बोलाएर अवैधानिक काम गर्न एन्फा उद्धत देखिन्छ । यसले फुटबललाई दुर्घटनाको दिशामा लैजान्छ ।’

क्लबहरुको नयाँ फोरम ‘नेपाल क्लब एसोसियसन’ले औपचारिक रुपमै एन्फामा निवेदन दर्ता गरेर भर्चुअल रुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभाको विरोध गरेको छ । उसले भौतिक रुपमा सबै सदस्यलाई उपस्थित गराएर साधारण सभा गर्नुपर्ने माग अघि सारेको छ । 

एन्फा प्रवक्ता सुरेस साहले भौतिक रुपमा उपस्थित भएर बैठक आयोजना गर्दा धेरै खर्च हुने भएकाले भर्चुअल रुपमा विशेष साधारण सभा राखिएको दाबी गरे । ‘साधारण सभा बैठक राख्दा करिब ४० लाख रुपैयाँ खर्च हुने रहेछ । एउटा लेखा परिक्षकको अनुमोदन गर्न चालिसौं लाख खर्च गरेर बैठक राख्न भन्दा कार्यसमितिको निर्णय अनुसार भर्चुअल रुपमा साधारण सभा बैठक राखिएको हो ।’ उनले भने, ‘विधान अनुसारनै लेखा परिक्षकलाई दोह¥याउने निर्णय कार्यसमितिले गरेको छ ।’

साधारण सभाको मिति नजिकिदै जादा एन्फाभित्रको अन्तरसंघर्ष उत्कर्षमा छ । इतर समूह संस्थापन पक्षबाट आउने हरेक प्रस्तावलाई साधारण सभाबाट फेल बनाउने प्रयासमा छ । साधारण सभा लगायत एन्फाको आन्तरिक शक्ति संघर्षलाई सन्तुलनमा राख्न ‘पावर सेयरिङ’ गर्नुपर्ने इतर समूहका केही नेताको प्रस्ताव छ । पावर सेयरिङ गरेको खण्डमा मात्र एन्फाका कार्यक्रम र नेतृत्वसँग सहकार्य गर्न सकिने इतर समूहको मनसाय देखिन्छ । 

व्यक्ति र स्वार्थ केन्द्रित फुटबलभित्रको राजनीतिका कारण कोसँग ‘पावर सेयरिङ’ गर्ने भन्ने विषयमा एन्फा नेतृत्वलाई अलमल छ । महासचिव लगायत अन्य पदमा इतर समूहसँग ‘पावर सेयरिङ’ गरेर अघि बढ्न नेतृत्व तयार देखिदैन । 
साधारण सभा लगायत एन्फाका कार्यक्रममा नेतृत्वलाई फेल गराएर दबाब सिर्जना गर्ने इतर समूहको तयारी छ । नेतृत्वले पेलेर अघि बढेको खण्डमा अविश्वासको प्रस्ताव लैजाने सम्मको तयारी इतर समूहले गरेको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP