काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा ललितपुर प्याट्रियट्सले जितका लागि भैरहवा ग्लाडीयटर्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोड्दै भैरहवालाई १५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । उनले ५२ बलमा ५७ रन बनाएर आउट भए ।
यस्तै सन्दीप जोराले २४ रन जोड्दा गौरब तमोरले २३ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडे ।
ललितपुरलाई सस्तैमा समेट्न भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डेसकाटेले समान २/२ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् ।
विजेताले २५ लाख पाउने जनाएको हो । यस्तै उपविजेताले १० लाख पाउने छन् । प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस अपाचे बाइक पाउने छन् ।