एसियन गेम्सका लागि टेबलटेनिसबाट ४ खेलाडी छनोट
मंगलबार, जेठ ३०, २०८०खेलपाटी संवाददाता

काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ ।
समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष÷महिलामा समान ६–६ खेलाडी सहभागी थिए ।
एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
एसियन गेम्सका लागि टेबलटेनिसबाट ४ खेलाडी छनोट






1686853912-1760864621059.avif&w=3840&q=75)


-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





