आफैलाई महान खेलाडी भन्न चाहन्न - जोकोभिच
सोमबार, जेठ २९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले आफु सर्वकालीन महान खेलाडी हो की हैन भन्ने कुरा आफुमा निर्भर नभएको बताएका छन् ।
कीर्तिमानी २३ औं ग्रान्डस्लाम उपाधि जितेपछि सर्बियन जोकोभिचले आफुले आफुलाई महान खेलाडी नभन्ने बताएका हुन् ।
आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै उनले कीर्तिमानी २३ औं ग्रान्डस्लाम जितेका थिए ।
'म यस छलफलमा प्रवेश गर्न चाहन्न । म आफ्नै इतिहास लेख्दैछु,' ३६ वर्षीय जोकोभिचले भने,'म सर्वकालीन महान हुँ भन्न चाहन्न । म ती छलफलहरू अरू कसैलाई छोड्छु ।'
जोकोभिचले राफायल नाडाललाई पछि पार्दै २३ औं ग्रान्डस्लाम जितेका हुन् ।
तेस्रो पटक फ्रेन्च ओपन जित्ने क्रम उनले कास्पर रुडलाई हराए ।
फ्रेन्च ओपन उपाधिसँगै जोकोभिच विश्व नम्बर एक समेत बनेका छन् ।
आफैलाई महान खेलाडी भन्न चाहन्न - जोकोभिच






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


