बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

जिवस र जीवाश्रीलाई स्वर्ण

आइतबार, २८ जेठ २०८०खेलपाटी संवाददाता
जिवस र जीवाश्रीलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा मनोजशमशेरजंगबहादुर राणा र विदुर विष्टको जोडीले सहदेव ढुंगाना र ध्रुवबहादुर गुरुङको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै अशोक र रामबहादुर तामाङको जोडीसंग फाइनल भेट पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मनोजशमशेरजंगबहादुर राणा, अशोक कुमार र कमल थापा अगाडि बढे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा निरेशबहादुर श्रेष्ठ र गोपालदास मानन्धर, विकास गुरुङ र शरण गुरुङ तथा मोहम्मद युनुस र अन्वर अलीले जित हात पारे । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वर, कमल थापा, उत्तमकुमार लामा, सुनिल गुरुङ र राजु श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, नवीन श्रेष्ठ, प्रवेश पन्त, साम्दुप लामा, भीष्मजंग गुरुङ, अनिल साइ, कृष्ण उप्रेती, सन्तोष खत्री, सिमान्त गुरुङ, प्रणव मल्ल, सञ्जय श्रेष्ठ, दावा सोनाम शेर्पा, छेवाङ लामा, सोम राना मगर, सुब्रत बस्नेत र पूर्व च्याम्पियन जितेन्द्र परियारले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, उत्तमकुमार लामा, सुकमान तामाङ, महेश श्रेष्ठ, विकास गुरुङ, मानबहादुर कट्वाल, मोहम्मद युनुस र थोङवान तुलेश्वरले आ–आफ्नो खेल जिते ।

यु–९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल, भेडान्त चालिसे, संघर्ष फोडार, आरित मल्ल, भिराल अग्रवाल, निश्चल ज्ञवाली, इभान भट्टराई र सभ्यजंग कार्कीले जित हात पारे । यु–१० गल्र्स सिंगल्समा थिअ श्रेष्ठ, आयाना भद्र र आयुश्री हजुर घले विजयी भए । यु–१० ब्वाइज सिंगल्समा बोश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल, निश्चल ज्ञवाली र सुजन कुइकेल विजयी भए ।

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्यालले देवाशिश रेउलेलई ६–४ र ६–३ ले पराजित गरे ।

आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए  ।

जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।

Loading ad...
LiNing Ad
जिवस र जीवाश्रीलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित