एसियन गेम्सका लागि ४ टेनिस खेलाडी छनोट
आइतबार, जेठ २८, २०८०खेलपाटी संवाददाता
काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।
पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरे ।
पाँचदिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।
एसियाडका लागि ४ टेनिस खेलाडी छनोट






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


