शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सद्भाव र सुबाशलाई संयुक्त अग्रता

बुधबार, २४ जेठ २०८०खेलपाटी संवाददाता
सद्भाव र सुबाशलाई संयुक्त अग्रता
Classic Tech Internet Ad

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङ संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा सद्भाव र सुबाशले ३६ होलको समाप्तीमा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।

गोकर्ण गल्फ क्लबमा आज राष्ट्रिय टिमका खेलाडी सद्भावले ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिए। सुबाशले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्ष स्थान बाँडे।

दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए। यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६-अन्डर १ सय ३८ स्कोर गरे।

४-अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन्। भुवनले ४-अन्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गरे।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन्। दुवैले आज इभन-पार ७२ को कार्ड बनाए। समग्रमा २-अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन्। आज उनले २-अन्डर ७० स्कोर गरे। इभन-पार ७२ सहित समग्रमा १-अन्डर १ सय ४३ सहित दिनेश प्रजापति दशौं स्थानमा छन्।

३६ होलको समाप्तीमा ७-ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन्। प्रोफेसनलतर्फ रबि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, दल बहादुर गुरुङ, रामे मगर, पुर्ण प्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंक बहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २-अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन्। यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए।

युवा एमेच्योर सदभावले दिनको सुरूवात बर्डीबाट गरे। यसपछि तेस्रो देखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा  एक-एक सट बचाए। सातौं होलको बोगीले फ्रन्ट नाइन ५-अन्डर ३१ मा पुरा गरे। त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

पहिलो दिनका लिडर तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। छैटौं र आठौं होलमा एक-एक सट खेर फाले। १२औं होलमा बर्डी प्रहार गरेपनि १४औं र १८औं होलमा बोगी खेपे। ब्याक नाइन १-ओभर ३७ मा सकाए।

धरानका प्रोफेसनल गल्फर नीेरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। उनले तेस्रो देखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे। ११औं, १२औं र १५औं होलमा एक-एक सट बचाए भने १४औं र १६औं होलमा बोगी प्रहार गरे।

यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा एक-एक सट बचाए भने आठौं होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे भने ११औं र १३औं होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिता सकिँदा  ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।  

Bajaj Pulsar Motorcycle Ad
सद्भाव र सुबाशलाई संयुक्त अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

 डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

पोखरालाई चितवनको सामान्य लक्ष्य

पोखरालाई चितवनको सामान्य लक्ष्य

साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर