एजेन्सी । लण्डन क्लब चेल्सी कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बर्नेमाउथलाई १–० गोल अन्तरले पराजित गर्दै लण्डन क्लब अन्तिम ४ मा प्रवेश गरेको हो ।
चेल्सीको जितमा एक मात्र गोल ईडेन हजार्डले गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हजार्डले खेलको ८४ औ मिनेटमा विजयी गोल गरेका थिए ।

पेनाल्टीमा सुटआउटमा जानु ६ मिनेट अगाडी पेड्रोले दिएको पासमा हजार्डले गोल गर्दै लण्डन क्लबलाई अन्तिम ४ मा पुर्याएका थिए । हजार्डले गोल गरेपछि पहिलो पटक मुख्य प्रतियोगिताको सेमिफाईनल पुग्ने बर्नेमाउथको लक्ष्य बिथोलिएको छ ।
चेल्सी प्रिमियर लिगको चौथो स्थानमा छ । लिग लिडर लिभरपुल भन्दा अझै ८ अंकले पछाडी छ ।
