नाडालले फ्रेन्च ओपन गुमाउने
बिहिबार, जेठ ४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् ।
नाडालले चोटका कारण फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन् ।
नाडालले १९ वर्षपछि पहिलो पटक फ्रेन्च ओपन गुमाउने भएका छन् ।
१४ पटकको च्याम्पियन नाडालले हिप इन्जुरीको कारण प्रतियोगिता गुमाउने भएका हुन् ।
फ्रेन्च ओपन यहिँ मे २८ मा सुरु हुँदैछ । नाडाल फ्रेन्च ओपनको साविक विजेता समेत हुन् ।
३६ वर्षीय नाडालले हिपको चोटका कारण जनवरीदेखि खेलेका छैनन् ।
२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले पछिल्लो पटक अष्ट्रेलियन ओपन खेलेका थिए ।
नाडाल अष्ट्रेलियन ओपनमा अमेरिकी खेलाडी म्याकडोनाल्डसँग पराजित भएका थिए ।
नाडालले फ्रेन्च ओपन गुमाउने






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)